logo
  • शनिबार, असोज ३ २०८३

इजरायलले नरसंहार गरिरहेको आरोप


  • Galaxysamachar
  • आइतबार, असोज २८ २०८०

इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ ।

इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रण बाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिएको छ ।

स्थिति बाहिर गएमा त्यसको जिम्मेवारी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद र यो संघर्षलाई अघि बढाइरहेका देशरुले लिनु पर्ने इरानले बताएको छ ।

यसअघि हमासका नेता इस्माइल हानिया र इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियनबीच भेट भएको थियो ।

भेटमा होसेन अमिरले एक हप्ताअघि हमासले इजरायलमाथि गरेको हमलाई ऐतिहासिक भनेका थिए ।

हमासको आक्रमणपछि इजरायली जवाफी कारबाही तिव्र पारेको छ । इजरायली सेनाले उत्तरी गाजा खाली गर्न नागरिकलाई निर्देशनसमेत दिएको छ । तर हमासले नगारिकलाई उत्तरी गाजामा रोकेको र उनीहरुलाई अन्त जान नदिएको आरोप लगाएको छ ।

हमासले गरेको आक्रमणबाट १ हजार ३०० जना र इजरायली सेनाले गरेको कारबाहीबाट अहिलेसम्म २ हजार ३०० जनाको मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend