Galaxysamachar
पहिलो भागको सफलतापछि परिणामको फिमेल भर्सन समीप निरौला अफिसियल युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको छ। बाइपोलर डिसर्डर रोगको प्रभावले नुरले आफ्नो बुवा मारिसकेपछिको उसको जीवनमा आधारित रहेको कथावस्तुमा बनेको “परिणाम” फिमेल भर्सनमा बिपना बिस्टको स्वर, संकेत अगस्तीको संगीत र साक्षी-श्रेयको शब्द रहेको छ।
यस म्युजिक भिडियोमा समीप निरौला, मिशेल घिमिरे, नूर दाहाल, आराध्य निरौला र श्रेय अगस्तीको मुख्य अभिनय रहेको छ भने लक्षिता चापागाइँ, भुपेन्द्र निरौला र कृतिका गौतमको विशेष भुमिका रहेको छ। साक्षी-श्रेय र सुवास शाहको कथा, सुबास शाहको सहायक निर्देशन र स्क्रीन्प्ले, माधव शर्माको मुख्य सहायक निर्देशन, राम के.सीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र जिन्सन खत्रीको शृङ्गार रहेको यो म्युजिक भिडियोको निर्देशन संकेत अगस्तीको रहेको छ भने निर्माता प्रेम थापा र श्रीकृष्ण निरौला हुन।
परिणाम फिमेल भर्सनको कथावस्तुले आफ्नो बुवा हत्यारा भएपछि नुरको १० वर्षे सुधारगृहको जीवन, त्यसपछि मानवी सँगको उसको भेट साथै उसको रोगले निम्त्याएको परिणाम उसले मात्र नभएर उसकी प्रेमिका र उ सँग जोडिएका अरु पात्रले पनि भोग्नुपरेको कुरा जताएको छ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend