logo
  • शुक्रबार, असोज २ २०८३

मुम्बईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा


  • Galaxysamachar
  • बुधबार, चैत्र २५ २०८२

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्स लाई २७ रनले पराजित गरेको छ।

गुवाहाटीमा मंगलबार वर्षाका कारण खेल ढिलो सुरु भएपछि खेललाई ११–११ ओभरमा सीमित गरिएको थियो।

मुम्बईले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १ सय ५० रन बनायो।

राजस्थानका ओपनर यशस्वी जैसवाल ले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा १० चौका र ४ छक्कासहित विजित ७७ रन बनाए। उनका साथमा वैभव सूर्यवंशी ले आक्रामक ब्याटिङ गर्दै १४ बलमा ५ छक्का र १ चौकासहित ३९ रन जोडे। कप्तान रियान परागले २० रन बनाए ।

दुवैले पहिलो विकेटका लागि ४.६ ओभरमा ८० रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुआत दिलाए।
मुम्बईका बलर अल्लाह गजनफर ले २ विकेट लिए।

१ सय ५१ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुआत राम्रो हुन सकेन। पावरप्लेभित्रै ३ विकेट गुमाएको मुम्बई अन्ततः ११ ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनमा सीमित भयो।

मुम्बईका लागि शेर्फेन रदरफोर्ड र नमन धिर ले समान २५ रन बनाए। राजस्थानका बलर सन्दीप शर्मा, नान्द्रे बर्गर र रवि बिश्नोई ले समान २ विकेट लिए।

यो सफलतापछि राजस्थानले लगातार तेस्रो जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई भने तेस्रो खेलमा लगातार दोस्रो हार बेहोरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend