logo
  • शनिबार, असोज ३ २०८३

दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै आइपिएल २०२६ मा चेन्नई सुपर किंग्सद्वारा पहिलो जित दर्ता


  • Galaxysamachar
  • आइतबार, चैत्र २९ २०८२

Sanju Samson of Chennai Super Kings raises his bat after scoring a hundred  during the Match 18 of the TATA Indian Premier League 2026 between Chennai Super Kings and Delhi Capitals at MA Chidambaram Stadium, Chennai, India, on April 11, 2026. Photo by Vipin Pawar / CREIMAS for IPL

चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा पहिलो जित दर्ता गरेको छ।

चेन्नईमा शनिबार भएको खेलमा चेन्नईले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो। जवाफमा दिल्ली १ सय ८९ रनमा अलआउट भएपछि चेन्नई २३ रनले विजयी भयो।

चेन्नईका लागि ओपनर सन्जु स्यामसनले शानदार शतक प्रहार गरे। उनले ५६ बलमा १५ चौका र ४ छक्कासहित अविजित १ सय १५ रन बनाउँदै टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याए।

त्यस्तै आयुष म्हात्रेले ५९ रन (रिटायर्ड आउट) जोडे । शिवम् दिनेले १० बलमा २ चौका र ६ छक्कासहित नटआउट २० रन बनाए । दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए। २ सय १३ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि ट्रिस्टन स्टब्सले ३८ बलमा ४ चौका र ३ छक्कसहित ६० रन बनाए ।

ओपनर पथुम निसांकाले २४ बलमा ५ चौका र २ छक्कासहित ४१ रन जोडे। तर बढ्दो रनरेटका कारण दिल्ली लक्ष्य नजिक पुग्न सकेन। चेन्नईका लागि जेमी ओभरटनले उत्कृष्ट बलिङ १८ रन खर्चिए ४ विकेट लिए। त्यस्तै अंशुल काम्बोजले ३ विकेट लिए।

सामसनको शतक र ओभरटनको घातक बलिङसँगै चेन्नईले यो सिजनको चौथो खेलमा पहिलो जित हासिल गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend