logo
  • शनिबार, असोज ३ २०८३

जेनजी आन्दोलनमा फरार कैदी आफ्नै गाउँबाट पक्राउ


  • Galaxysamachar
  • आइतबार, चैत्र २९ २०८२

जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ तोपा निवासी २३ वर्षीय आनन्द खंगलाई प्रहरीले पक्राउ गरेको हो । उहाँ जबरजस्ती करणी मुद्दामा सप्तरी कारागार कार्यालय राजविराजमा बन्दी जीवन बिताई रहनुभएको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार हुनुभएका उहाँलाईगोप्य सूचनाको आधारमा आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक अनिल कुमार साहले जानकारी दिनुभयो ।

पक्राउ परेका खंगलाई कारागार सुरक्षा गार्डमार्फत पुनः कारागार चलान गरिएको उहाँले बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend