logo
  • शनिबार, असोज ३ २०८३

Al Nassr को जित जारी, Cristiano Ronaldo को गोलमा २-० ले विजयी


  • Galaxysamachar
  • आइतबार, चैत्र २९ २०८२

साउदी प्रो लिगमा अल नासरले अल ओखदूदलाई २-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा आफ्नो अग्रता बलियो बनाएको छ।

खेलको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले नवाफ बु वाशलको पासलाई सदुपयोग गर्दै गोल गरेपछि अल नासरले अग्रता लियो।

२२औँ मिनेटमा मोहमेद सिमाकानले गोल गरे पनि ह्यान्डबल भएपछि गोल मान्य भएन। त्यसपछि किङ्स्ले कोमान र रोनाल्डोले थप गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन्।

दोस्रो हाफ सुरु भएको केहीबेरमै अल नासरले अर्को गोल थप्यो। सादियो मानेको क्रसमा किङ्स्ले कोमानले हेडर प्रहार गर्दा बल पोस्टमा लागेर फर्कियो र जोआओ फेलिक्सले रिबाउन्डमा गोल गर्दै टोलीलाई २-० को जित दिलाए।

यस जितसँगै जर्ज जेसुस प्रशिक्षित अल नासरले साउदी प्रो लिगमा लगातार १३औँ जित दर्ता गरेको छ। टोली अहिले तालिकाको शीर्ष स्थानमा ५ अंकले अगाडि रहेको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend