logo
  • शनिबार, असोज ३ २०८३

दुई महिने प्रतिस्पर्धापछि उत्कृष्ट प्रतिभा उदायो: ‘नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२’ सम्पन्न


  • Galaxysamachar
  • मंगलबार, बैशाख १ २०८३

नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२” को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न
ललितपुर — ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको आयोजनामा “नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२” को ग्रान्ड फिनाले चैत्र २९ गते आइतबार म्युजिक सिटी हल, बालकुमारी, ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई महिनासम्म चलेको प्रशिक्षण र प्रतिस्पर्धापछि उत्कृष्ट २० जना फाइनलिस्टहरूले आफ्नो अद्भुत प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा लेजेन्डरी डान्स कोरियोग्राफर Kamal Rai को उपस्थिति रहेको थियो भने कार्यक्रमलाई आकर्षक र ऊर्जावान बनाउँदै होस्टको रूपमा Sonit Raj Dhungel ले उत्कृष्ट प्रस्तुति दिनुभएको थियो।
गायन विधामा Dixita Shahi विजेता घोषित भइन् भने Proshan Pariyar ले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए। त्यसैगरी Chhesang Lama प्रथम रनरअप र Shriyukta Shahi द्वितीय रनरअप बन्न सफल भए।
गायनतर्फका निर्णायकहरूमा चर्चित गायक तथा संगीतकार Ramesh Pathak, लोकप्रिय गायक Chetan Rai तथा गायिका Ranu Niraula रहेका थिए।
नृत्य विधामा Binti Shree Adhikari विजेता घोषित भइन् भने Nancy Singh Thakuri ले पब्लिक च्वाइस अवार्ड हात पारिन्। Parisha Baraili प्रथम रनरअप र Rabina Bhujel द्वितीय रनरअप बन्न सफल भए।


नृत्यतर्फका निर्णायकहरूमा प्रख्यात डान्स कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक Krishna Rasal, चर्चित कोरियोग्राफर Anish Chhetri तथा मनास्लु डान्सिङ स्टार विजेता Shiwani Thapa Magar रहेका थिए।
प्रतियोगितामा सहभागी बालप्रतिभाहरूलाई करिब दुई महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो। नृत्यतर्फ नेपालकै चर्चित कोरियोग्राफर Sandeep Bhujel ले प्रशिक्षण दिनु भएको थियो भने Yunika Khatiwada ले सहायक कोरियोग्राफरको भूमिका निर्वाह गर्नुभएको थियो। त्यसैगरी, गायनतर्फ Bibhusan Rai ले उत्कृष्ट प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा Coswiz Herbals रहेको थियो भने एसोसिएट पार्टनरका रूपमा The Gurukulam School को सहयोग रहेको थियो।
उक्त कार्यक्रमले बालबालिकामा लुकेका प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्दै उनीहरूलाई भविष्यका लागि मार्गदर्शन गर्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको आयोजकले जनाएको छ। साथै, आगामी दिनहरूमा अझ भव्य र प्रभावकारी कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend