logo
  • शनिबार, असोज ३ २०८३

आइपिएलमा आज चेन्नईमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै


  • Galaxysamachar
  • मंगलबार, बैशाख १ २०८३

इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नईमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ।

जारी आइपिएलको‌ यो २२ औँ खेल हो। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। सिजनको सुरुआत कमजोर भएपछि दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।

चेन्नई ४ खेलमध्ये १ मात्र जित निकालेको छ। उता कोलकाताले ३ खेल गुमाइसकेको छ भने एक खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ।

चेन्नईका सञ्जु सामसन पछिल्लो खेलमा राम्रो लयमा देखिएका छन्। टोलीका कप्तान ऋतुराज गायकवाड भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्। टोलीमा देवाल्ड ब्रेविस, शिवम दुबे, सरफराज खान, जेमी ओभरटन, अकिल होसिन, नूर अहमद र खलील अहमद जस्ता खेलाडी छन्।

कोलकाताका कप्तान अजिंक्य रहाणे टोलीका मुख्य ब्याटरमध्ये एक हुन्। टोलीमा फिन एलेन, अंगकृष रघुवंशी, क्यामरुन ग्रीन, रिंकु सिंह, रोभम्यान पावेल, रामदीप सिंह, सुनिल नारिन, अनुकुल रोय, नवदीप सैनी र कार्तिक त्यागी छन्।

चेन्नईको चेपक मैदानमा हुने खेलमा स्पिनरहरूले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आजको खेल जित्ने टोलीले प्रतियोगितामा पुनरागमन गर्ने अवसर पाउनेछ भने हार्ने टोलीलाई बाँकी खेलमा थप दबाब हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend