logo
  • शनिबार, असोज ३ २०८३

कांग्रेसको ‘जरा अभियान’ सुरु, एक महिनाभित्र सदस्यता अद्यावधिक गर्न निर्देशन


  • Galaxysamachar
  • बुधबार, बैशाख २ २०८३

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि एकमहिने अभियान सुरु गरेको छ । सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गरी मङ्गलबार अभियान आरम्भ गर्नुभएको हो । कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न र पार्टीलाई पुनः सङ्गठित गर्ने उद्देश्यसाथ ‘जरा अभियान’ घोषणा गरेको हो ।

सभापति थापाले साङ्गठनिक संरचना व्यवस्थित, सुदृढ र अद्यावधिक गर्नका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले पार्टीका क्रियाशील सदस्यलाई निर्धारित समयभित्र सदस्यता नवीकरण तथा अद्यावधिक गर्न अनुरोध गर्नुभयो । उहाँले पार्टीको सदस्यता नवीकरण तथा अद्यावधिक नगरे सदस्यता नरहने प्रस्ट पार्नुभयो । उहाँले जिम्मेवारीमा रहेको व्यक्ति विनम्र हुनुपर्ने र सबैलाई समेटेर पार्टीलाई अघि बढाउँदै अनुशासन बाहिर गएर कुनै नेताले गतिविधि गरे स्वीकार्य नहुने चेतावनी दिनुभयो । कांग्रेसले पार्टीको सदस्यता अद्यावधिक गर्न सम्बन्धित वडामै जानुपर्ने व्यवस्था गरेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend