logo
  • शनिबार, असोज ३ २०८३

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सी लाई १-० ले हरायो


  • Galaxysamachar
  • आइतबार, बैशाख ६ २०८३

 इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सी लाई १-० ले पराजित गरेको छ।

लन्डनस्थित स्टाम्फोर्ड ब्रिज मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउने गोल म्याथियस कुञ्हाले पहिलो हाफमै गरेका हुन्।

यो जितसँगै युनाइटेडले अर्को सिजन युइएफए च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ।

चेल्सीले प्रिमियर लिगमा लगातार चौथो हार बेहोरेको हो। अझ यी चार खेलमा टोलीले एक गोल पनि गर्न सकेको छैन। टोलीले पछिल्लोपटक ४ मार्चपछि मात्र गोल गरेको थियो।

खेलमा चेल्सीले केही राम्रो अवसर पाए पनि त्यसलाई गोलमा बदल्न सकेन। एस्टेभाओ विलियन, लियाम डेलाप र वेस्ली फोफाना का प्रहार पोस्टमा लागेर फर्किएका थिए।

विलियन भने खेलको १६औँ मिनेटमै ह्यामस्ट्रिङ चोटका कारण मैदान छाड्न बाध्य भए। चेल्सीले बल नियन्त्रण र प्रहारमा पनि । तर गोल भने गर्न सकेन।

युनाइटेडले पाएको मुख्य अवसरलाई सदुपयोग गर्‍यो। ब्रुनो फर्नान्डेसले दिएको पासलाई कुञ्हाले पहिलो टचमै गोलमा परिणत गरे। यो सिजन प्रिमियर लिगमा फर्नान्डेसको १८औँ असिस्ट हो।

सन् २००२ पछि स्टाम्फोर्ड ब्रिजमा युनाइटेडको यो दोस्रो मात्र लिग जित हो। खेलका क्रममा युनाइटेडका खेलाडी अलेजान्द्रो गार्नाचो लाई समर्थकहरूले हुटिङ गरेका थिए। खेलको अन्त्यतिर मैदान प्रवेश गरेका मेसन माउन्ट लाई पनि केही समर्थकहरूले हुटिङ गरे।

अन्य खेलमा लिड्सले उल्भ्सलाई ३-० ले, बोर्नमाउथले न्युक्यासललाई २-१ ले हरायो । टोटनहम र ब्राइटनले २-२ तथा बेनफोर्ड र फुलहमले गोलरहित बराबरी खेले।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend