logo
  • शनिबार, असोज ३ २०८३

डोटीको सेती नदीमा २२ वर्षीय युवक हराए, सुरक्षाकर्मी परिचालन


  • Galaxysamachar
  • बुधबार, बैशाख ९ २०८३

बैतडीका एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन् ।

उहाँ दिपायल सिलिगुढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको हो । बोहरा सोही स्थानस्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आउनुभएको थियो ।

बेपत्ता बोहराको खोजीका लागि नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend