logo
  • शनिबार, असोज ३ २०८३

नेपाल चलचित्र कलाकार संघको २१ औं साधारणसभा तथा अधिवेशनबाट कलाकार उत्तम केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन


  • Galaxysamachar
  • सोमबार, जेष्ठ ४ २०८३

आइतबार सम्पन्न भएको संघको निर्वाचनमा अध्यक्ष पदमा उत्तम केसी २१६ मत प्राप्त गर्दै विजयी भएका थिए भने सबिन श्रेष्ठले १३२ मत प्राप्तगरी उपबिजेता भएका थिए।

उपाध्यक्ष पदमा पूजना प्रधान (१४४ मत) र शिवहरि बैरागी (१४६ मत) निर्वाचित भएका छन्। महासचिव पदमा सुनील कटवाल १९५ मतका साथ विजयी भए भने सचिव पदमा गोपाल ढकालले २१४ मत ल्याएर जित हासिल गरे।

कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित भइन्। सह-कोषाध्यक्षमा पवन केसी १६१ मत ल्याउँदै विजयी भए।

त्यसैगरी सदस्य पदका लागि १० जना चयन भएका छन्। निर्वाचित सदस्यहरूमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरूङ, जीवन थापा, दमन रूपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान शंकर ‘इकु’ रहेका छन्।

नयाँ कार्यसमितिले आगामी तीन वर्षका लागि नेतृत्व सम्हाल्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend