Galaxysamachar
नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन ३ भव्य रूपमा सम्पन्न, विजेताले सन् २०२७ मा थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपाल प्रतिनिधित्व गर्ने अवसर प्राप्त काठमाडौं ।
बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास तथा अन्तरनिहित प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ Black Bird Entertainment को आयोजनामा तथा Coswiz Herbals को टाइटल स्पोन्सरशिपमा सम्पन्न National Kids & Teens Superstar Season 3 Grand Finale असार १२ गते शुक्रबार राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ।
यस वर्षको प्रतियोगितामा ललितपुर जिल्लाका २५ वटा विद्यालयका ४० जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगिता अन्तर्गत Junior Girls Group मा १६ जना, Boys Group मा ११ जना तथा Senior Girls Group मा १३ जना प्रतियोगीले सहभागिता जनाएका थिए। गायन, नृत्य, व्यक्तित्व, स्टेज प्रस्तुति, आत्मविश्वास, प्रश्नोत्तर तथा विभिन्न सिर्जनात्मक चरण पार गर्दै प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। ग्रान्ड फिनालेमा प्रतियोगीहरूको आकर्षक प्रस्तुति, सांस्कृतिक कार्यक्रम, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिले राष्ट्रिय नाचघर दर्शकले भरिभराउ बनेको थियो।
कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक, विद्यालयका प्रतिनिधि तथा दर्शकहरूले प्रतियोगीहरूको प्रदर्शनको खुलेर प्रशंसा गरेका थिए। प्रतियोगिताको मूल्याङ्कन अनुभवी निर्णायकहरू Ashwini Jha, Ruja Raut, Arwin Chand Thakuri तथा Wangden Lama ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन चर्चित फेसन कोरियोग्राफर तथा टेलिभिजन प्रस्तोता Rojin Shakya ले गर्नुभएको थियो। Junior Girls Group तर्फ Dolma Tamang विजेता घोषित भइन्। Aarohi Shrestha प्रथम रनरअप तथा Most Popular Winner, Tanisha Dahal Khatri दोस्रो रनरअप, Delilah Chitrakar तेस्रो रनरअप र Himanshi Napit चौथो रनरअप घोषित भए। Public Choice Winner को उपाधि Briyana Lo Lama ले जितिन्। Boys Group तर्फ Dorje Tamang विजेता बने। Aasher Sunar प्रथम रनरअप, Ryon Maharjan दोस्रो रनरअप तथा Aaraddhya Gajurel तेस्रो रनरअप घोषित भए। Most Popular Winner Aarush Shrestha तथा Public Choice Winner Soujan Rai बने। Senior Girls Group तर्फ Sara Magar ले Title Winner सँगै Most Popular Winner को उपाधि समेत जितिन्। Salina Maharjan प्रथम रनरअप, Paridhi Saud दोस्रो रनरअप, Unika Lohani तेस्रो रनरअप तथा Promistrina Rai Public Choice Winner घोषित भइन्।
यस प्रतियोगिताका तीनै समूहका Title Winners ले सन् २०२७ को अप्रिल महिनामा थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्ने विशेष अवसर प्राप्त गरेका छन्, जुन प्रतियोगिताको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। मुख्य उपाधिका अतिरिक्त Best Walk, Best Dance, Most Talent, Best Personality, Most Confidence, Best Art Work, Best Cooking, Best Singing, Most Photogenic, Management Choice लगायत विभिन्न विशेष विधाका उपाधिहरू प्रदान गर्दै प्रतियोगीहरूको फरक फरक प्रतिभालाई सम्मान गरिएको थियो। कार्यक्रम सफल बनाउन आधिकारिक टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। Event Director का रूपमा Sabina Shrestha, Official Dance Choreographer Sandeep Bhujel, Official Choreographer Sumi Baniya, Official Dress Designer Ashmita Shrestha, Official Videographer Om Prasai, Official Photographer Kiran Syangwa, Official Makeup Artist Dikshya Lama तथा Event Coordinator Zamuna Sahi ले कार्यक्रमलाई सफल बनाउन विशेष योगदान पुर्याउनुभएको थियो।
आयोजक Black Bird Entertainment ले बालबालिकाको प्रतिभा, व्यक्तित्व तथा आत्मविश्वास विकास गर्ने उद्देश्यका साथ आगामी दिनमा अझ भव्य, व्यवस्थित तथा राष्ट्रियस्तरका कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने Title Sponsor Coswiz Herbals, सहभागी विद्यालयहरू, अभिभावक, निर्णायक मण्डल, अतिथिहरू, सञ्चारकर्मी, आधिकारिक टोली तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend