Galaxysamachar
रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ। चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिना (साउनदेखि जेठ) मा विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रूपैयाँ पुगेको छ।
डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति २४ अर्ब ६७ करोड डलर छ। रेमिटेन्समा भइरहेको वृद्धिले विदेशी मुद्राको सञ्चिति बढाएको हो। यो ११ महिनासम्म २१ खर्ब २० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
यो अवधिमा रेमिटेन्स भित्रिने दर ३७ प्रतिशतभन्दा धेरैले बढेको हो। मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १९ महिना ३ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। यो पर्याप्तता सूचक उच्च हो। नेपालमा सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त भएको मानिन्छ।
दस महिनाको यो अवधिमा आयात १५.२ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब रूपैयाँ पुगेको छ।
अघिल्लो वर्षको यही अवधिमा १६ खर्ब ४४ अर्ब रूपैयाँको आयात भएको थियो।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend