Galaxysamachar
वैदेशिक रोजगारीका कारण विवाहमा आउने उतारचढावको कथामा बनेको गीत ‘पानी खोलाको’ सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । आधुनिक लोक लयमा आधारित गीतले प्रेम, प्रतीक्षा, सम्झना र पुन:र्मिलनको आशालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। गीतकार तथा निर्माता बद्री दाहाल ‘अनन्त’ को शब्द रहेको गीतमा राजु तामाङ र मेलिना राईले स्वर दिएका छन् ।

गीतको शब्दमार्फत् विवाहलगत्तै उज्ज्वल भविष्य निर्माण गर्ने सपना बोकेर विदेशिन बाध्य हुने एक श्रीमान र गाउँमै उनको प्रतीक्षामा रहेकी श्रीमतीको भावनात्मक यात्रालाई चित्रण गरेको छ । अमेरिकामा बसोबास गर्दै आएका बद्री दाहाल ‘अनन्त’ ले नेपाली भाषा, साहित्य र संस्कृतिसँग निरन्तर जोडिएर गीतमार्फत नेपाली समाजको यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् । उनका अनुसार नेपालीपनको सुगन्ध बोकेका शब्दलाई संगीतसँग जोडेर धेरै श्रोता–दर्शकमाझ पुर्याउने उद्देश्यले यो सिर्जना गरिएको हो। केवल थिङ (लामा) को संगीत रहेको गीतमा सचिन सिंह को संगीत छ ।
गीतको भिडियोमा श्रीदेव भट्टराई र ज्योती खड्का नवविवाहित दम्पतीको भूमिकामा देखिएका छन् । उनीहरूको अभिनयले वैदेशिक रोजगारीले नेपाली परिवारमा ल्याउने भावनात्मक दूरीलाई प्रभावकारी रूपमा देखाएको छ । भिडियोको निर्देशन नवल नेपालले गरेका हुन्। छायांकन ईश्वर सिंकेमन, सम्पादन नहकुल खड्का तथा व्यवस्थापन सूर्य ओलीले गरेका
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend