logo
  • शुक्रबार, असोज २ २०८३

मदनकृष्णले गाए फिल्म ‘मन बिनाको धन–२’को गीत


  • Galaxysamachar
  • बुधबार, साउन २० २०८३

काठमाडौँ । टंक बुढाथोकीको निर्देशन रहने फिल्म ‘मन बिनाको धन–२’ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मा जोडिएका छन् । निर्माण युनिटले मंगलबार सबैसँग औपचारिक सम्झौता गर्दै फिल्ममा भित्र्याएको हो ।

फिल्ममा अभिनयसँगै मदनकृष्ण श्रेष्ठले एउटा गीतमा स्वर पनि दिने भएका छन्। मंगलबार नै उनको स्वरमा फिल्मको एक गीत रेकर्ड भयो । फिल्मका लागि यसअघि सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भएका थिए ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत–सङ्गीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। फिल्मकी निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुन्।

निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन भदौको पहिलो सातादेखि सुरु हुनेछ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि फिल्मको छायाङ्कन गरिने छ।

नरेन्द्र मैनालीको छायाङ्कन, कविराज गहतराज, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी रहने फिल्ममा द्वन्द्व शुक्रराज शाहले गर्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend