logo
  • शनिबार, असोज ३ २०८३

इटहरी उपमहानगर र नोबेल अस्पतालबिच सहकार्य, उपचारमा २० प्रतिशत छुट हुने


  • Galaxysamachar
  • बुधबार, साउन २७ २०८३

इटहरी । इटहरी उपमहानगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, विराटनगरबिच इटहरीका नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महत्वपूर्ण सम्झौता भएको छ।

सम्झौता अनुसार इटहरीका स्वास्थ्य बीमा गरेका सेवाग्राही तथा विपन्न नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा शल्यक्रियासहितका विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीका नागरिकलाई उपचारमा सहज पहुँच र थप छुटको व्यवस्था गर्न नोबेल मेडिकल कलेजसँग सहकार्य गरिएको बताए। नागरिकले उपचारका क्रममा आर्थिक भार कम महसुस गरून् र सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सम्झौता गरिएको उनको भनाइ छ।

त्यस्तै, इटहरी उपमहानगरपालिकाको सिफारिसमा उपचारका लागि आउने कोशी प्रदेशका बिरामीलाई समेत सम्झौतामा उल्लेखित उपचार सुविधा उपलब्ध गराइनेछ।

नागरिकको स्वास्थ्य र सहज उपचार पहुँचलाई प्राथमिकतामा राख्दै गरिएको यो सहकार्यलाई ‘स्वस्थ नागरिक, समृद्ध इटहरी’ निर्माण अभियानको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

इटहरी उपमहानगरपालिकाले आगामी दिनमा पनि नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थासँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend