logo
  • शनिबार, असोज ३ २०८३

एपीएफ अस्पतालबाट १७ स्वास्थ्यकर्मीको टोली बाढी प्रभावित क्षेत्र प्रस्थान


  • Galaxysamachar
  • बुधबार, भाद्र १० २०८३

१० भदौ, काठमाडौं । एपीएफ (सशस्त्र प्रहरी बल) अस्पताल बलम्बु, काठमाडौंबाट १७ जनाको टोली बाढी प्रभावित क्षेत्र पठाइएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार ५ जना डाक्टरसहित १७ जना स्वास्थ्यकर्मीको टोली बाढी प्रभावित क्षेत्र पठाएको बताएको छ ।

रसुवामा एक्कासी आएको बाढीले ठूलो विपत्ती सिर्जना गरेको छ । रसुवासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा मानवीय र भौतिक क्षति ठूलो भएको छ ।

सबै सुरक्षा निकायहरू खोजी तथा उद्दारमा खटिएका छन् ।

नेपाली सेनाका हेलिकप्टरदेखि निजी कम्पनीका हेलिकप्टर, ड्रोन, कुकुरसहित तालिमप्राप्त दक्ष जनशक्ति खोजी तथा उद्दारम जुटेका छन् ।

मेडिकल टिमको टोली पनि बाढी प्रभावित क्षेत्रमा खटिएको छ ।

अहिलेसम्म बाढीमा परेर ज्यान गुमाएका सात जनाको शव संकलन गरिएको सुरक्षा निकायहरूले बताएका छन् । केही घाइतेहरूको उद्धार गरेर उपचार सुरु गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend