logo
  • शुक्रबार, असोज २ २०८३

त्रिशूलीमा जलसतह खतराको तहभन्दा ३ मिटर माथि, नारायणीको तटीय क्षेत्रमा पनि जोखिम


  • Galaxysamachar
  • आइतबार, भाद्र १४ २०८३

१४ भदौ, काठमाडौं । पछिल्लो भारी वर्षाका कारण केही नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ ।
रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशुली नदीमा जलसतह बढेको हो ।

साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यस्तै, सुनकोशी नदी खुर्कोट सिन्धुली जलमापनन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । यहाँ पनि नदी तटीय क्षेत्रका बासिन्दाहरु सतर्क रहन अनुरोध गरिएको छ ।पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा धेरै भारी वर्षा मापन भएको थियो । त्यसैले यसभन्दा तलका नदीहरूमा जलसतह बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend