logo
  • शनिबार, असोज ३ २०८३

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै


  • Galaxysamachar
  • सोमबार, भाद्र १५ २०८३

१५ भदौ, दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।

भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिए ।

उनले शव पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताए ।

तनहुँ क्षेत्रमा ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।

आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ । शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend