logo
  • शुक्रबार, असोज २ २०८३

सुरुङबाट उद्धार गरिएका एक जनालाई काठमाडौँ ल्याइयो


  • Galaxysamachar
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौँ, भदौ १९ गते । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका एक जनालाई थप उपचारका लागि नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याइएको छ ।

सुरुङभित्र फसेका उहाँलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान जीवितै उद्धार गरेको थियो । उद्धारपछि प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend