logo
  • शुक्रबार, असोज २ २०८३

साँफे–मार्तडी सडक अवरुद्ध, सवारी साधन ठप्प


  • Galaxysamachar
  • आइतबार, भाद्र २१ २०८३

बाजुरा, भदौ २१ गते । बाजुराको साँफे–मार्तडी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । हिजो राति परेको अविरल वर्षातका कारण सडकको माथिदेखि पहिरो गएपछि सो सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

साँफे –मार्तडी सडक खण्डअन्तर्गत पर्ने राप्का सेलाघाट, सुवाखाँद पावरहाउस र  कारागार मुनीको सडकको बिच–बिचमा ठुलो पहिरो गएपछि अहिले जिल्लामा आउने सबै सवारी साधन तिपाडा जडाङ्गामा राप्का लगायतका विभिन्न ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पहिरोले मानवीय क्षति नभए पनि यहाँ भौतिक रुपमा भने ठुलो क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिह भाटले बताउनभुयो । उहाँले भन्नुभयो, “पहिरोका कारण अहिले यहाँ दुई–चार घरमा पूर्णरुपमा क्षति भएको छ ।”

अहिले प्रहरी टोली घटनास्थलमा गएको छ । पहिरोको कारण कहाँ के क्षति भएको भन्ने कुरा त्यहाँ पुगेपछि मात्र जानकारी हुने भाटले बताउनभुयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend