logo
  • बिहिबार, असोज १ २०८३

बाढीपीडितको राहतमा अन्तर्राष्ट्रिय बौद्ध समुदायको साथ, भोटेकोशीका लागि १ करोड सहयोग


  • Galaxysamachar
  • मंगलबार, भाद्र २३ २०८३

काठमाडौं, २२ भदौ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वाल्डो डाइनास्टी, इन्टरनेसनल बुद्धिस्ट सेन्टर तथा नेपाल एङ्घोले संयुक्त रूपमा १ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका छन्।

संस्थाका अध्यक्ष स्टेवार्ड चेओङ, लियाङ तथा नेपाल–चीन सम्बन्ध विज्ञ दिनेश खनालको पहलमा बाढीपीडितका लागि ५० लाख रुपैयाँ नगद तथा ५० लाख रुपैयाँ बराबरको खाद्यान्न र राहत सामग्री सहयोग गरिएको हो।

प्राप्त सहयोगको चेक नेपालका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’ ले अर्थमन्त्रीको प्रतिनिधिका रूपमा ग्रहण गरेका छन्। सहयोगस्वरूप प्राप्त रकम तथा राहत सामग्री भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारका लागि तत्काल राहत, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आवश्यकता बढिरहेको छ। यस्तो अवस्थामा प्राप्त सहयोगले बाढी प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

विपद्को समयमा विदेशी तथा अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग सम्बन्धित संस्थाबाट प्राप्त सहयोगले मानवीय सेवाको सीमा भूगोलभन्दा माथि हुने सन्देश दिएको छ। संकटमा परेका नागरिकलाई सहयोग गर्नु साझा मानवीय दायित्व भएकाले यस्ता सहकार्यले विपद् प्रभावितको राहत तथा पुनःस्थापना अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

बाढीपीडितको पीडामा साथ दिँदै गरिएको यो सहयोग आर्थिक सहायता मात्र नभई विपद्को समयमा देखाइएको मानवीय ऐक्यबद्धताको महत्वपूर्ण उदाहरण बनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend