logo
  • शुक्रबार, असोज २ २०८३

इशान पाण्डे ९० रन जोडेर आउट भएपछि पाल हङकङसँग १५ रनले पराजित: तर पुग्यो सेमी


  • Galaxysamachar
  • मंगलबार, भाद्र २३ २०८३

नेपाल मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको थियो।

हारका बाबजुद नेपालले समूह  विजेता बनेको छ। जितको लागि २ सय  ६२ रनको चुनौती पछाएको नेपाल ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४६ रनमा समेटियो।

अर्जुन कुमल र आशिफ शेखले पहिलो विकेटको लागि ४४ रनको साझेदारी गरे। अर्जुन १४ रनमा आउट भए। यसपछि आशीफ ४४ रनमा आउट हुँदा नेपालले ६९ रन बनाएको थियो।

लगतै देव खनाल पनि ६ रनमा पबिलोयन फर्किए। यसपछि इशान पाण्डे क्रिजमा जमे भने अन्य खेलाडीहरू सस्तो रन रेटमा आउट हुन पुगे। रोहित ३ रनमा, दीपेन्द्र सिंह ऐरी २५ रनमा, गुल्सन झा २० रनमा, करण केसी २१ रनमा, सन्दीप लामिछाने २ रनमा आउट भए। यतिखेर नेपालले २ सय ३९ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो।

अर्धशतक बनाएर क्रिजमा टिकेका इशान पाण्डे ९० रन जोडेर नवौं विकेटको रूपमा आउट भए। उनले १ सय ६ बल खेल्दै ६ चौका र २ चौका सहित ९० रनको पारी खेलेका हुन्। तर उनी आउट भएसँगै नेपाल हार नजिक पुग्यो। नेपालले २ सय ४१ रन जोड्दा इशानलाई गुमाएको थियो। यसपछि ललित १ रन जोडेर आउट भएसँगै नेपाल २ सय ४६ रनमा समेटियो।

बलिङमा ऐजाज खानले १० ओभर बलिङ गर्दै ५० रन दिएर ४ विकेट लिए। यासिम मुर्ताजाले २ विकेट झारे।

यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले बाबर हायतको नटआउट शतकसहित ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको छ।

नेपाल प्रिमियर कपको सेमिफाइनल पुगिसकेको छ। हङकङलाई सेमिफाइनल पुग्नको लागि आजको खेल जित्नै पर्छ ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिए।

तेस्रो नम्बरमा ब्याटिङ गरेका बाबरले १ सय २६ बलमा समान ७ छक्का र चौका प्रहार गरे।

बाबर र इशान खानले आठौं विकेटका लागि १ सय २८ रनको नटआउट साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। इशानले ४६ बलमा ५ चौकासहित नटआउट ३५ रन बनाए ।

शहिद वासिफले ४९ बलमा ७ चौकासहित ४५ रन जोडे। ओपनर जिशन अलिले १५ र अंशुमन रथले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुरुवाती ३ खेल जित्दै नेपालले अन्तिम चारको यात्रा तय गरिसकेको थियो। आज पराजित भए पनि ६ अंक सहित रन रेटको आधारमा नेपाल समिह विजेता बनेको हो। हङकङसँग पनि समान ६ अंक रहेको छ।

अब नेपालले सेमिफाइनलमा समुह ‘बी’ को उपविजेता ओमानसँग खेल्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend