Galaxysamachar
काठमाडौँ । किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार रातिको समय भएकाले खोला थुनिएको वास्तविक क्षेत्रसम्म पुग्न तथा त्यसबाट हुन सक्ने जोखिमको पूर्ण आकलन गर्न कठिनाइ भएको छ ।
पहिरोले थुनिएको खोला जुनसुकै बेला खुल्न सक्ने र तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहने भएकाले कालीगण्डकी दोभानसम्मका बासिन्दालाई सचेत गराइएको हो । महाशाखाले नयाँपुल, बिरेठाँटी तथा त्यस आसपासका नदी तटीय क्षेत्रका नागरिकलाई बिहानसम्मै विशेष सतर्कता अपनाउन र सुरक्षित रहन अपिल गरेको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend