logo
  • बिहिबार, असोज १ २०८३

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • Galaxysamachar
  • बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।

बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम २ लाख ५९ हजार २६० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार १६३ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम ४ हजार ७३ रुपैयाँ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend