logo
  • शुक्रबार, असोज २ २०८३

इन्द्रजात्रा हेर्न आइपुगे काठमाडौंमा विदेशी पाहुना


  • Galaxysamachar
  • बिहिबार, असोज ११ २०८०

११ असोज, काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन् ।

महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन देशका पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौं आएका छन् । आन्तरिक भगिनी सम्बन्ध भएका शहरहरुबाट प्रमुखसहित प्रतिनिधिहरु आएका छन् ।

महानगरले मौलिक प्रविधि, सीप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend