logo
  • शुक्रबार, असोज २ २०८३

अभिनेता अनमोल केसी पक्राउ ठगीको आरोपमा


  • Galaxysamachar
  • शुक्रबार, असोज १२ २०८०

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।

चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले बताए ।

फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि निर्माण युनिटले उनीविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएको हो । उक्त उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनका कारणले निर्माण युनिटले अहिलेसम्म करिब डेढ करोड खर्च गरिसकेको बताइन्छ ।

निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend