logo
  • शुक्रबार, असोज २ २०८३

कान्तिपुर र पशुपति सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ


  • Galaxysamachar
  • शुक्रबार, जेष्ठ १८ २०८१

प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष  चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो।

सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार बिहान पक्राउ गरिएको एसएसपी सानुराम भट्टराईले बताए।

‘लामालाई पक्राउ गरेर काठमाडौं ल्याउँदैछौं,’ उनले भने।

यी सहकारीमा ८ अर्ब बचत अपचलन भएको चर्चा रहे पनि प्रहरीकहाँ दुई अर्ब बढीको जाहेरी आएको छ।

लामा संलग्न रहेका यी दुवै सहकारी सरकारले हालै गठन गरेको संसदीय छानबिन समितिको दायराभित्र पनि समेटिएका छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend