logo
  • शुक्रबार, असोज २ २०८३

नयाँ खेलाडीलाई मौका नेपाल सुपर लिगमा


  • Galaxysamachar
  • आइतबार, असोज १४ २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ९ टिममध्ये ५ टिमका मार्की प्लेयर नयाँ छन् ।

विशाल श्रेष्ठ, विकेश कुथु, अञ्जन विष्ट र अनन्त तामाङ पुराना हुन् भने आयुष घलान, हिसुब थपलिया, दीप कार्की, ऐरिक विष्ट र आशिष चौधरी नयाँ मार्की प्लेयर हुन् ।

पहिलो संस्करणको एनएसएलमा पोखरा थन्डर्समा ट्यालेन्ट हन्टबाट छानिएर राष्ट्रिय टिमसम्म मौका बनाएका आयुष घलान यस वर्ष सोही टिमका मार्की प्लेयर बन्न सफल भए । हिसुुब र आशिषका लागि यो पहिलो एनएसएल हो ।

स्टार खेलाडीहरु पलायन भएका कारण नयाँ खेलाडीले मौका पाएका हुन् । अघिल्लो संस्करणमा ६ टिममात्र सहभागी रहेको एनएसएलका लागि यसवर्ष तीवटा टिम थप भएको छ ।

जसमा झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगन्ज एफसी नयाँ टिम हुन् । इलामसँग मार्की प्लेयरका रुपमा विकेश कुथु छन् । विकेशले पहिलो संस्करणको एनएसएल काठमाडौं रेजर्सबाट खेलेका थिए ।

झापाको मार्कीमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हरि खड्कासँग बराबरी गर्ने अञ्जन विष्ट छन् । वीरगञ्जमा भने दीप कार्की मार्की खेलाडी छन् ।

यस पटकको अक्सनमा जम्मा १७९ नेपाली खेलाडीको अक्सन भएको थियो । जसमा ए श्रेणीमा २८, बी श्रेणीमा ८१ र सी श्रेणीमा ७० खेलाडी रहेका थिए । जसमध्ये १२० खेलाडी विभिन्न टिममा विभाजित भइ खेल्नेछन् । १७९ खेलाडीमध्ये ५९ जना भने बिक्री भएनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend