logo
  • शुक्रबार, असोज २ २०८३

फेरि एक जना डाक्टरमाथि हातपात सिनामंगलमा


  • Galaxysamachar
  • आइतबार, असोज १४ २०८०

काठमाडौँमा फेरि एक जना डाक्टरमाथि हातपात भएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका हुन् ।

प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो । डा. खड्काका अनुसार बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै  कुटपिट भएको हो ।

डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू सडकमा आएर प्रदर्शन सुरु गरेका छन् । शनिबारमात्र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणलाई नियन्त्रण तथा कारबाही गर्ने बारेमा सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend