logo
  • बिहिबार, असोज १ २०८३

विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गर्ने विद्यार्थी सिंहदरबारबाट पक्राउ


  • Galaxysamachar
  • शनिबार, असोज ६ २०८०

काठमाडौँ । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा शिक्षकहरुले गरेको आन्दोलनप्रति समर्थन जनाउदै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend