logo
  • शनिबार, असोज ३ २०८३

नेपाल इरानसँग पराजित कबड्डीमा


  • Galaxysamachar
  • मंगलबार, असोज १६ २०८०

हान्झाउ । १९औं एसियाड अन्तर्गत कबड्डीमा नेपाल महिला टोली इरानसँग पराजित भएको छ ।

समूह बी अन्तर्गत जिओसाना ग्वाली स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाल इरानसँग ४३-१९ ले पराजित भएको छ ।

पहिलो हाफमा नेपाल इरानसँग १९-११ ले पछि परेको थियो । तर पछिल्लो एसियाडको स्वर्ण विजेता इरानले दोस्रो हाफमा २४-८ को अग्रता बनाउँदै फराकिलो जित निकालेको हो ।

समूह बी मा नेपालले दुवै खेल खेलिसकेको छ । यसअघि सोमबार पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले पराजित गरेको थियो ।

पहिलो पटक एसियाडमा सहभागी महिला कबड्डी टिमले डेब्यु खेलमै बंगलादेशलाई हराएर इतिहास रचिसकेको छ ।

अब यस समूहमा इरान र बंगलादेशबीच बुधबार खेल हुनेछ ।

उक्त खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ र कम्तीमा कास्य पदक पक्का गर्नेछ । कबड्डीमा सेमिफाइनल पुग्ने टिमले पनि पदक प्राप्त गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend