logo
  • शनिबार, असोज ३ २०८३

विभिन्न स्थानमा सडक अवरोध पहिरोका कारण


  • Galaxysamachar
  • बुधबार, असोज १७ २०८०

अविरल वर्षासँगै गएको पहिरोका कारणका देशका विभिन्न स्थानमा सडक अवरोध भएको छ ।  ललितपुरको बाग्मती गाउँपालिका-३ भट्टेडाँडा पाङ्दुर गहिरोस्थित वर्षाको कारण मंगलबार पहिरो जाँदा कान्ति लोकपथ सडकखण्ड अवरोध भएको हो ।

यता बाग्लुङको निसिखोला गाउँपालिका-१ पाखुटे बुर्तिबाङबाट पूर्वी रुकुम जाने मध्य पहाडी लोकमार्गमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ पासाङ ल्हामु राजमार्ग स्याफ्रूवेशी–टिमुरे सडक खण्डको रुङ्गामा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ ठाडो खोलास्थित सडक खण्डमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । यसै गरी नवलपरासी पूर्व,  बुलिङटार गाउँपालिका-१ राजवृक्षस्थित कालीगण्डकी करिडोर सडकखण्डमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ ।

पर्वतको जलजला गाउँपालिका-७ केराबारीस्थित  बेनी-मालढुङ्गा सडक खण्डमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरी तथा स्याउलीभट्टी र अन्नपुर्ण गाउँपालिका-३ गुइँठेमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ ।

यता पाल्पाको  तिनाउ गाउँपालिका-५ कालीमाटीस्थित सिद्धार्थ राजमार्गमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend