logo
  • शनिबार, असोज ३ २०८३

राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो


  • Galaxysamachar
  • बिहिबार, असोज १८ २०८०

काठमाडौं । १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको उनले सुनाए ।

स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले नतिजा नेपालको पक्षमा नआए पनि यो भ्रमण धेरै सकरात्मक रहेको बताए ।

समग्रमा भन्नुपर्दा एसियन गेम्सको हाम्रो अनुभव राम्रो भयो । सोचेजस्तो नतिजा आएन । तर धेरै सकरात्मक कुराहरु रहे जसरी दीपेन्द्र र कुशलले ब्याटिङ गरे त्यो निकै राम्रो पक्ष हो ।’

आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनको धारणा थियो ।

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए । उनले मेंगोलियाविरुद्ध भएको खेलमा सर्वाधिक कम बलमा अर्धशतकको रेकर्ड बनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend