logo
  • शनिबार, असोज ३ २०८३

६१ किलो सुन तस्करी प्रकरण: १ जना रिहा, २५ जना जेल चलान


  • Galaxysamachar
  • शनिबार, असोज २० २०८०

६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जना जेल चलान हुने भएका छन् । जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको हो।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई ५ लाख धरौटी लिएर छाड्न र अन्य सबैलाई  थुनामा पठाउन आदेश दिएको हो। थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् ।

सुन तस्करीमा स‌ंलग्न रहेको आरोप प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् ।

राजस्व अनुसन्धान विभागले काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बाइक तथा स्कुटीको ब्रेकसुमा लुकाएर ल्याएको ठुलो परिणामको सुन फेला पारेको थियो। विभागको अनुसन्धानपछि यस प्रकरणमा सिआइबीले अनुसन्धान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend