logo
  • शनिबार, असोज ३ २०८३

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको


  • Galaxysamachar
  • आइतबार, असोज २१ २०८०

जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।

सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए ।

मार्टको  सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ ।

मार्टको दोस्रो तल्लमा बसिरहेका राय दम्पतीले भागेर ज्यान बचाएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend