logo
  • शनिबार, असोज ३ २०८३

विवाहित महिलाको सौन्दर्य प्रतिस्पर्धामा डेनिला कार्की मिसेस नेपाल वर्ल्ड, अन्य विजेताहरूको पनि अन्तर्राष्ट्रिय अवसर


  • Galaxysamachar
  • सोमबार, कार्तिक १२ २०८१

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । शनिबार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको विजेता घोषणा गरियो ।

विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरे । कार्कीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएकी छन् ।

मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जिते । यी दुई विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।

एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भए । रिबन इन्टरटेनमेन्टले प्रतियोगिताको आयोजना गरेको हो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend