logo
  • बिहिबार, असोज १ २०८३

महिला साफ २०२४ का उप विजेता: नेपाली महिला राष्ट्रिय फुटबल टोली २५ लाख नगदसहित काठमाडौं महानगरपालिकाद्वारा सम्मान


  • Galaxysamachar
  • बिहिबार, कार्तिक १५ २०८१

काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपमा उप विजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई बुधवार २५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।

दशरथ रंगशालामा बुधवार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। अघिल्लो संस्करणमा पनि नेपाल बंगालादेशसँगै पराजित भएको थियो।

नेपालले साफ च्याम्पियनसिपमा ६ पटक फाइनल खेलिसक्दा पनि च्याम्पियन बन्न सकेको छैन।

काठमाडौं महानगरले यसअघि पारालिम्पककी रजत पदक विजेता पलेशा गोवर्धनलाई ५ लाख र काभा नेसन्स लिगमा रजत पदक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको थियो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend