logo
  • बिहिबार, असोज १ २०८३

थ्री नेसन्स कप फुटबल – नेपाली टोलीको घोषणा


  • Galaxysamachar
  • शनिबार, कार्तिक १७ २०८१

ताजिकिस्तानमा हुने थ्री नेसन्स कप फुटबलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको शुक्रवार घोषणा भएको छ ।

राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले नेपाली टोलीको घोषणा गरेका हुन् । ३६ सदस्यीय बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

थ्री नेसन्स कपमा नेपाल, आयोजक ताजिकिस्तान र अफगानिस्तानको‌ सहभागिता रहनेछ। नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ।

एन्फाले गतसाता पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा न्यौपानेलाई नियुक्त गरेको थियो । हाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रिक्त रहेकाले न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो ।

औपचारिक प्रतियोगितामा राष्ट्रिय टोलीको प्रशिक्षक प्रो लाइसेन्स प्राप्तले मात्र सम्हाल्न पाउँछन् । एन्फाले गत वर्ष न्यौपाने एन्फा हेड अफ एकेडेमी नियुक्त गरेको थियो।

नेपाली राष्ट्रिय फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन

मिडफिल्डर – रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

फरवार्ड – जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend