logo
  • शनिबार, असोज ३ २०८३

गेष्ट हाउसमा भेटियो युवतीको शव सुन्धारामा , विषको बट्टा पनि बरामद


  • Galaxysamachar
  • मंगलबार, असोज २३ २०८०

काठमाडौं महानगरपालिका–११, सुन्धारामा एक जना युवतीको शव भेटिएको छ ।

श्रीगुरु गेस्ट हाउसमा बसेकी १७ वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएको प्रहरी वृत्त, जनसेवाले जनाएको छ ।

जनसेवाका एक प्रहरी अधिकृतका अनुसार, ललितपुरको इमाडोल घर भएकी उनी ८ असोजदेखि त्यहाँ बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले विषको बट्टा पनि बरामद गरेको छ । एक अधिकृत भन्छन्, ‘पोष्टमार्टम र भिसेरा जाँचपछि मृत्युको कारण स्पष्ट होला ।’

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend