logo
  • शनिबार, असोज ३ २०८३

लिभरपुलका फरवार्ड लुइस डियाजका पिता अपहरित


  • Galaxysamachar
  • सोमबार, कार्तिक १३ २०८०

लिभरपुल फरवार्ड लुइस डियाजका पिता कोलम्बियामा अपहरणमा परेका छन् । उनको खोजीका लागि ठुलो सैन्य तथा प्रहरी अपरेसन सुरु गरिएको छ भने अधिकारीहरूले उनीबारे सूचना दिनेलाई ४० हजार पाउन्ड (करिब ६४ लाख रुपैयाँ) दिने घोषणा गरेका छन् ।

लुइस डियाजका पिता लुइस म्यानुअल डियाज र उनकी पत्नीलाई आइतबार सशस्त्र व्यक्तिहरूले नियन्त्रणमा लिइएको खबर आएको थियो । डियाजकी आमा सिलेनिस मारुलान्डा भने बारानकासमा फेला परेकी छन् । उनको पितालाई खोज्नका लागि उत्तरी कोलम्बियामा १२० जनाभन्दा बढी सेना र प्रहरी खटिएका छन् ।

सेनाले उनको खोजीमा दुईवटा प्लटूनका साथै हेलिकप्टर र प्लेन परिचालन गरेको जानकारी दिएको छ । कोलम्बियाका अधिकारीहरूले अपहरणको विस्तृत जानकारी नदिए पनि बारानकासको एक पेट्रोल पम्पबाट उनीहरूलाई मोटरसाइकलमा आएका हतियारधारीहरूले उठाएर लगेका थिए ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले डियाजको पिताको खोजीमा सबै सुरक्षा बल परिचालन गरिएको बताएका छन् । आइतबार नटिङह्याम फरेस्टविरुद्धको खेलमा डियाज लिभरपुलको टोलीमा अनुपस्थित रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend