logo
  • बिहिबार, असोज १ २०८३

डेंगु संक्रमणबाट एक जनाको मृत्यु पाल्पामा


  • Galaxysamachar
  • मंगलबार, असोज ९ २०८०

९ असोज,बुटवल । डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा सारुको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले  बताए ।

सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगुका साथै स्क्रबटाइफ ससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले जानकारी दिए ।जिल्लामा डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जा गल्याङकी एक बालिकाको  मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगुबाट २ सय ८५ जना संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend