logo
  • बिहिबार, कार्तिक २० २०८३

कर्णाली याक्सबाट एनपिएल खेल्न मिलर नेपाल आइपुगे


  • Galaxysamachar
  • बिहिबार, कार्तिक २० २०८३

कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए ।

३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् ।

भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिगहरु खेलेका छन् ।

उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले आइपिएल जित्दा मुलर मुख्य खेलाडी थिए ।

कर्णाली याक्स स्पोट्स् प्रा.लीमा अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन् ।

मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टि ट्वान्टी  आईमा २ शतक र ९ अर्धशतकसहित २ हजार ८ सय ४ रन बनाएका छन। टि ट्वान्टी शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।

कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले ३ खेल खेलिसकेको छ । जसमध्ये २ खेल जितेको थियो ।

कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडों गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो ।

कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दैछ । मिलरले त्यो खेल खेल्ने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend