Galaxysamachar
विश्व आचार्य
युवा तथा स्वरोजगार कोष विकृती बर्णन अध्याय १

युवा तथा साना व्यवसायी स्वरोजगार कोष यति बेला विभिन्न प्रकारका विकृती विसंगतीले सिमा नाघेको अवस्था छ । त्यहा कार्यरत एक जना कर्मचारी सुर्य प्रकाश तिवारीलाई आफ्नो योग्यता भन्दा माथिको पदमा पदासिन गराइएको पाइएको छ । नियमावलिको २४ क सुचना अधिकारी तोक्ने विषयमा सार्वजनिक ऐनको दफा ६ बमोजिम सुचना अधिकारी तोक्दा सार्वजनिक निकायमा कार्यरत प्रसासकिय प्रमुखले आफु भन्दा दोस्रो वा तेस्रो मुनिको अधिकारीलाई तोक्ने व्यवस्था रहेकोमा त्यहा कार्यरत प्रमुख प्रसासकिय अधिकृत विश्वमोहन अधिकारीले आफ्नो अख्तियारको दुरुपायेग गरि सुर्य प्रकास तिवारीलाई सुचना अधिकारीको रुपमा नियुक्ति दिइएको पाइएको हो । उनि त्यस कार्यालयमा नियुक्ती भए लगत्तै २०७८ सालमा उनलाई जिम्वेवारीमा राखेका थिए । तर यो सरासर पदिय मर्यादाको दुरुपयोग गर्दै उनले उप– सचिव लेवलका कर्मचारिलाई सुचना अधिकारी नियुक्त नगरी अधिकृत लेवलका तिवारीलाई नियक्ती गरेका थिए र यो संगै सुर्य प्रकाश तिवारी दोहोरो जिम्वेवारीमा रहेका छन उनि करिव दस बर्ष यता विमा शाखाको प्रमुख कर्मचारिको रुपमा समेत रहेका छन । नेपाल सरकारको कर्मचारिहरुको नियमावलिहरुमा लामो समय सम्म एकै स्थानमा कुनै पनि कर्मचारि बस्न मिल्दैन । तर उनले विभिन्न प्रकारले त्यही रहनुको रहस्य तथा नियम विपरित किन के कारणले रहे र त्यस कार्यालयका प्रमुख विश्व मोहन अधिकारीले कसरी नियम विपरित उनलाई सुचना अधिकारीको रुपमा राखे यो भन्ने विषय अत्यन्तै महत्वपुर्ण छ । त्यस कार्यालयमा उपसचिव लेवलका कर्मचारिहरु हुदा पनि सुचना अधिकारी सुर्य प्रकास नै विश्व मोहनका आखामा किन परे यो आश्चर्यको विषय हो । त्यस पदमा कार्यरत कर्मचारि सुर्य प्रकास तिवारी र विश्वमोहन अधिकारीलाई नेपाल सरकारको प्रचलित कानुन नियम अनुसार अनुसन्धान गरि कार्वाही गर्नु पर्ने देखिन्छ ।
उमेर हद नाघेका कर्मचारिलाई तलव भत्ता सेवा र सुविधा
युवा तथा स्वरोजगार कोषमा दुई जना कर्मचारिलाई उमेर हद नाघि सक्दा पनि तलव भत्ता खुवाएर कार्यालय प्रमुख विश्व मोहन अधिकारीले अर्को किर्तिमान कायम गरेका छन । ५८ बर्षको उमेर हद नाघिसकेका दुइ कर्मचारीलाई तलव खुवाएर हाल सम्म पनि विश्व मोहन अधिकारीको निगाहमा उनिहरुले अहिले सम्म जागिर खाइरहेका छन । एक कर्मचारीको उमेर हद भन्दा करिव १० महिना जागिर खाएको देखिएको छ भने अर्का एक कमचारीको उमेर हद भन्दा बढि चार महिना जागिर खाएको देखिएको हो । नियम अनुसार हुने हो भने दुवै कर्मचारीलाई गैर कानुनीरुपमा खुवाईएको यो तलब स्वोरोजगार कोषका लागि घाटाको विषय रहेको छ यस बारेमा सम्पुर्ण कुराहरु हाम्रो टिमले खोजि गरिरहेको देखिएको छ ।
अर्गानिक खाजा खाने सुर्य प्रकास तिवारिको बानी र पत्रकारलाई समाचार प्रकासन गरे मान हानीको मुद्धा हाल्ने धम्कि

युवा तथा स्वरोजगार कोष र आफु सम्वद्ध समाचार सार्वजनिक गरे मान हानीको मुद्धा हाल्ने धम्कि सुर्य प्रकास तिवारीले पत्रकार विश्व आचार्यलाई दिएका छन । उनले कार्यालय समयमा सेवा प्रवाह गर्नु पर्ने ठाउमा खाजा खान जाने र उनलाई मन लागे सम्म समय विताएर फर्किने गरेको पाइएको छ । खाजा खान जादा उक्त कार्यालयको कर्मचारिलाई समेत उनले संगै लिएर जाने र सेवा प्रवाहमा समस्या खडा गर्ने गरिएको पाइएको हो । कार्यालयले छुट्याएको समयमा खाजा नखाइ उनि आफ्नै मर्जिले जति बेला मन लाग्यो त्यति बेला कार्यालयले छुट्याइएको खाजा समय भन्दा अन्य समयमा समेत खाजा खान जाने गरेको पाइएको हो । यस विषयमा कार्यालय प्रमुख विश्व मोहन अधिकारीलाई सुर्य प्रकाश तिवारीलाई चाही छुट्टै समय खाजाका लागि छुट्याउनु भएको हो भनेर सोध्दा सवैलाई उहि समय भएको बताएका छन । पत्रकार विश्व आचार्य संगको कुराकानीकामा सुर्य प्रकाश तिवारीले आफु विधिमा चल्ने भएकोले कतिपयले खुट्टा तान्न सुरु गरेको उल्लेख गरेका छन । विधिको कुरा गर्ने तपाइको पद नै विधि र नियम संगत छैनन नि भन्ने प्रस्नमा उनले आफुलाई जिम्वेवारी दिइएकोले आफु सुचना अधिकारी भएको उल्लेख गरेका छन । उनले पत्रकार विश्व आचार्यलाई तपाइ मलाई के सल्लाह दिनुहुन्छ े यो पद म खाउ कि के गरौ तपाइ जे सल्लाह दिनु हुन्छ भनेर समेत पत्रकार विश्व आचार्य संग भनेका छन ।
उनले भनेका बोलेका उनले गर्ने गरेका विभिन्न कृयाकलाप सहितको भिडियो अडियो तथा उनका बारेमा खोज गरिएका विभिन्न विषय वस्तु बारे उनि संग हामीले जवाफ मागेर पुन प्रकासन तथा प्रसारण गर्ने जमर्को गरेका छौ र उनको समाचार प्रकासन तथा प्रसारण गर्दा के हिसावले उनले मान हानीको मुद्धा लगाउने धम्कि दिएका हुन कुन विषयमा उनलाई चितर्् नबुझेको हो सो सन्दर्भमा समेत हामिले उनलाई प्रस्न सोधेर जवाफ मागेर विशेष सामग्रि निर्माण गर्दै गरेको जानकारी गराउन चाहान्छौ ।
यस सस्थामा भएका विभिन्न अनियमितताका सामग्रिहरु तथा अनुसन्धान मुलक सामग्रिहरु सत्य तथ्य सहति विभिन्न भागहरु निर्माण गरेर चरण बद्ध रुपमा हामी प्रकासन तथा प्रसारण गर्दै जाने जानकारी गराउद छौ । थप अर्को फलो अप रिर्पोटमा
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend