logo
  • बिहिबार, असोज १ २०८३

मलेसियामा जारी एसिसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा : साउदी अरबबाट नेपाललाई मध्यम लक्ष्य प्रस्तुत


  • Galaxysamachar
  • आइतबार, भाद्र २१ २०८३

काठमाडौं (हाम्रो खेलकुद )- मलेसियामा जारी एसिसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरबबाट १ सय ९१ रनको लक्ष्य पाएको छ। 

टस जितेर पहिला ब्याटिङ साउदीले अब्दुल वाहिदको अर्धशतकमा ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको छ।  वाहिदले टोलीका लागि ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रन बनाए । त्यस्तै मोहम्मद अतिफले ३०, मोहम्मद हिसम शैदले २८ र जैन उबिदिले १२ रन जोडे।

नेपालका लागि कप्तान सन्दीप लामिछाने किफायती बलिङ गरे। १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए।

दीपेन्द्र सिंह ऐरीले ३, ललित राजवंशीले २ विकेट तथा शेर मल्ल र गुल्शन झाले समान १ विकेट लिए। नेपालले यसअघि बहराइन र मलेसियालाई हराएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend