logo
  • सोमबार, कार्तिक १७ २०८३

न्यायालयका विषयमा छानबिन गरी निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सर्वोच्च फुलकोर्टको आग्रह


  • Galaxysamachar
  • सोमबार, कार्तिक १७ २०८३

सर्वोच्च अदालतको फुलकोर्टले न्यायालयबारे उठेका प्रश्नमाथि सम्बद्ध निकायलाई छानबिन गर्न आग्रह गरेको छ।

सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बसेको फुलकोर्ट बैठकले सम्बद्ध निकायलाई आग्रह गरेको प्रवक्ता तथा सहरजिस्ट्रार डा. अशोक कुमार क्षेत्रीले जानकारी दिए।

‘सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिनापूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्य सहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

तर कुन निकायले छानबिन र कसरी गर्न आग्रह गरिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।

त्यसैगरी छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छना नलगाउन र न्याय सम्पादनमा अवरोध पुग्न समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरेको छ।

सर्वोच्चले समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन पनि आग्रह गरेको छ।

पछिल्लो समय न्यायाधीश हरिप्रसाद फुयालले सम्पत्ति शुद्धीकरणको अनुसन्धान क्रममा रहेका इनम सापकोटासँग कुराकानी गरेको र भेटघाटको विषयमा आलोचना भएको थियो।

न्यायाधीश फुयालले भेटघाट र कुराकानी स्वीकार गरेका छन्। साथै, उनले न्यायाधीशहरूकै उजुरीमा पक्राउ परेको दाबी गरेका छन्।

882092741_1360377253833102_313493566986159743_n-1793607476.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend