logo
  • मंगलबार, कार्तिक १८ २०८३

नेपालको लिग टुमा अन्तिम खेल : आज ओमानसँग प्रतिस्पर्धा गर्दै, जित्नै पर्ने दबाब


  • Galaxysamachar
  • सोमबार, कार्तिक ३ २०८३

आईसीसी पुरुष विश्वकप लिग– टुको आफ्नो अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।  खेल ओमानको घरेलु मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ बाट सुरु हुनेछ । आजको खेल नेपालको लागि निकै महत्त्वपूर्ण छ ।

लिग टु खराब नजिता ल्याएको नेपाललाई शीर्ष ६ मा रहँदै एकदिवसीय क्रिकेट (ओडिआई) को मान्यता कायम राख्नका लागि पनि खेल जित्नै पर्नेछ । ३५ खेलमा १३ मा मात्रै जितेको नेपाल २८ अंकसहित सातौँ स्थानमा छ । आजको खेल जितेमा नेपाल छैटौं स्थानमा उक्लिनेछ।

त्रिकोणात्मक सिरिजमा नेपालले यसअघि ओमान र क्यानलाई हराएको थियो। अर्को  खेलमा क्यानडासँग पराजित भएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend