logo
  • बिहिबार, असोज १ २०८३

नि: शुल्क दन्त शिविर संचालनमा आक्रमक बन्दै ,ओम चावहिल डेण्टल हस्पिटल कोटेश्वर


  • Galaxysamachar
  • शनिबार, असोज ६ २०८०

काठमाडौं -ओम चावहिल डेण्टल हस्पिटल चावहिल कोटेश्वर, युवा जनजागरण समूह गोकर्णश्वरको समन्वय र सुन्दरीमाई साकोस तथा सुन्दरीमाई साकोसको १७ औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरिएको एकदिने नि: शुल्क दन्त परिक्षण शिविर बीपी संग्रहालय गोकर्णश्वरमा शनिबार सम्पन्न भएको छ ।

दन्त परिक्षण शिविरमा १५० जनाले सहभागीता जनाएको ओम चावहिल डेण्टल कोटेश्वर हस्पिटलका कार्यकारी निर्देशक कृष्ण घिमिरेले जानकारी दिए ।

कोहिपनि दन्त रोगी पैसाकै कारण उपचारबाट बन्चित हुन नपरोस् भनेर स्थापना कालदेखी नै नि: शुल्क दन्त परिक्षण शिविर संचालन गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरंतरता दिदै जाने हस्पिटलको योजना रहेको घिमिरेले बताए ।

शिविरमा दातको परीक्षण, एक्सरे, दाँत निकाल्ने, तथा दाँत सफा गर्ने लगायतका सुविधा उपलब्ध गराइएको थियो । अघिलो हप्ता काठमाडौंकै बुढानिलकण्ठ स्कुलमा पनि नि  नि  : शुल्क शिविर संचालन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend