logo
  • शनिबार, असोज ३ २०८३

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न खटियो सिआइबीको टोली


  • Galaxysamachar
  • मंगलबार, असोज ८ २०८१

सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।

Central Investigation Bureau - Wikipedia

अनुसन्धानमा सघाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाका अनुसार दुई जनाको टोली मंगलबार साँझ आइपुग्नेछन्। अहिले सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा कास्की प्रहरीले पूर्वडिआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक समिति सदस्य छविलाल जोशीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी कास्की पुर्‍याइएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय पोखरामा अहिले जोशीको बयान जारी छ।  सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।  संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।

गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend